मौसम : बदलीसहित हल्का वर्षाको सम्भावना

काठमाडौं ।  हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीका साथै स्थानीय वायुको प्रभाव रहेका कारण मौसममा बदलाब आएको छ। सुदूरपश्चिमलगायत देशका पहाडी तथा हिमाली भूभागमा अहिले साधारणतया बदली रहेको छ भने बाँकी क्षेत्रको मौसम मुख्यतया सफा देखिएको छ। गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी क्षेत्रका केही स्थानहरू तथा लुम्बिनी, बागमती र कोशी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा र हिमपात भइरहेको छ।

आज दिउँसो देशका हिमाली र पहाडी भेगमा साधारणतया बदली रहने र अन्य क्षेत्रमा आंशिक बदली हुने सम्भावना छ। विशेषगरी पहाडी तथा हिमाली भूभागका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा र हिमपात हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

रातिको समयमा हिमाली भूभागमा साधारणतया बदली र पहाडी क्षेत्रमा आंशिक बदली रहने भए तापनि तराईको मौसम भने मुख्यतया सफा रहने देखिन्छ। कोशी, गण्डकी र कर्णालीका हिमाली क्षेत्रका थोरै स्थानहरू तथा अन्य प्रदेशका हिमाली भेगका केही स्थानमा राति पनि हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर