काठमाडौंको शहरी सौन्दर्यको झलक

काठमाडौं । काठमाडौंका नदी किनारका कोरिडोरहरू आजभोलि निकै लोभलाग्दा देखिन थालेका छन् । धाेबीखाेला नदी किनारमा ढकमक्क फुलेका फूल र बाक्लो हरियालीले हेर्न लायकको भएको छ ।

बागमती कोरिडोरका विभिन्न खण्डमा विशेषगरी ‘बगनबेली’ फूलहरू गुलाबी, सेतो र पहेँलो रङ्गमा ढकमक्क फुलेका छन् । नदी किनारै किनार बनाइएका रातो रेलिङ र इँट्टाका पर्खालहरूमा लत्रिएका फूलले बटुवाको मन लोभ्याउने गरेको छ । केही वर्ष अघिसम्म झाडी र फोहोरले भरिएका यी किनार अहिले व्यवस्थित उद्यानजस्तै देखिन्छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर