पोखरामा पनि बालेनको डोजर चल्यो
काठमाडौं । पोखरा महानगरपालिकाले सर्वोच्च अदालतको आदेश कार्यान्वयन गर्ने सिलसिलामा लेकसाइडमा अतिक्रमित भौतिक संरचनामाथि डोजर चलाउन थालेको छ । आज शनिबार बिहान ६ बजे पोखरामहानगर वडा नम्बर १८ खपौदीबाट सुरु गरेर पोखराको ठूलो होटल पोखरा वाटर फन्ट रिसोर्टसम्म सांकेतिक रूपमा संरचनाहरू हटाइएको छ ।
भत्काइएको क्षेत्रका स्थानीयले भने कुनै सूचनाबिना डोजर चलाइएको भन्दै लेकसाइडको खहरेदेखि खपौदीसम्मको क्षेत्रमा सवारी आवगमनमा अवरोध गरेका थिए । केही दिन अगाडि प्रधानमन्त्री बालेन शाहले पोखरका मेयरसँग टेलिफोनमा कुराकानी गर्दै संरचना अहिलेसम्म किन नभत्काइएको भन्ने जिशासा राखेका थिए । कुराकानीमा मेयरले सर्वोच्चको आदेशको परिपालना हुँदैछ भन्ने जवाफ दिएपश्चात् आज महानगरपालिकाले डोजर लगाएको हो ।
प्रतिक्रिया
