वृद्ध भत्ता पाउने उमेरबारे भएका टीकाटिप्पणीमा सत्यता छैन : अर्थ मन्त्रालय

काठमाडौं  ।  सरकारले वृद्ध भत्ता पाउने उमेरबारे भएका टीकाटिप्पणीमा कुनै सत्यता नभएको प्रस्ट पारेको छ । अर्थ मन्त्रालयले शुक्रबार एक सूचना जारी गर्दै वृद्ध भत्ता पाउने उमेरबारे भएका टीकाटिप्पणीहरूमा कुनै सत्यता नभएको बताएको हो।

यस सन्दर्भमा मन्त्रालय र अर्थ मन्त्री डा. स्वर्णिम वाग्लेले कुनै छलफल नगरेको सूचनामा भनिएको छ। पछिल्लो केही दिनयता सामाजिक सञ्जालमा वृद्ध भत्ताको उमेर ७० बाट ७५ पुर्‍याइएको भन्ने खालका सामग्री प्रचार गरिएको थियो।

notice_qlgBFlqbWW-1775266537.jpg


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर