सभामुखमा डीपी अर्याल निर्विरोध निर्वाचित

काठमाडौं । प्रतिनिधिसभाको सभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डीपी अर्याल निर्विरोध निर्वाचित भएका छन्। सभामुखमा एकल उम्मेदवारी परेपछि अर्याल निर्विरोध भएका हुन्। शुक्रबार दिउँसो २ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको थियो।

तोकिएको समयभित्र अर्यालको मात्रै उम्मेदवारी परेको संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले बताए। प्रवक्ता गिरीका अनुसार, अब चैत २२ गते बस्ने प्रतिनिधि सभाको बैठकमा सभामुखको उम्मेदवारीबारे प्रस्ताव पेश गरिनेछ। त्यसलाई प्रतिनिधि सभाको बैठकले पारित गरेपछि अर्याल सभामुख निर्वाचित भएको घोषणा गरिनेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर