नागरिकभन्दा माथि सरकार नहुने : गृहमन्त्री गुरुङ
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले नागरिकभन्दा माथि सरकार नहुने बताएका छन्। आज बिहान सामाजिक सञ्जालमा सोफामा सुतिरहेको तस्बिर राख्दै उनले निर्माताभन्दा ठुलो निर्माण नहुने धारणा राखेका हुन्।
उनले लेखेका छन्, ‘निर्माताभन्दा ठुलो निर्माण हुँदैन, जनताभन्दा माथि सरकार हुँदैन।’ प्रतिनिधि सभाको पहिलो बैठक भएको भोलिपल्ट बिहानै गृहमन्त्री गुरुङले उक्त विचार सार्वजनिक गरेका हुन् ।
यसैगरी मन्त्री गुरुङले जेनजी आन्दोलनका घाइतेहरूसँग काठमाडौं मेडिकल कलेजमा पुगेर स्वास्थ्य अवस्थाबारे जानकारी लिए। पूर्वसांसद डा. सुनिल शर्माले निःशुल्क उपचार सेवा दिँदै आएको केएमसी अस्पतालमा बिहीबार राति पुगेर गृहमन्त्रीले घाइतेहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन्।
प्रतिक्रिया
