महावीर पुन पक्ष-विपक्षमा नभई निष्पक्ष रहने
काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा स्वतन्त्र सांसद महावीर पुनले आफू पक्ष-विपक्षमा नभई निष्पक्ष भूमिकामा रहने बताउनुभयो । आफ्नो संसद यात्राको फेहरस्ता सुनाउँदै सांसद पुनले आफू छोटो समयसम्म मन्त्री बन्दा शिक्षा क्षेत्रमा गर्न खोजेका कामहरुको सूची प्रस्तुत गर्नुभयो ।
आफूले विद्यालय शिक्षादेखि विश्वविद्यालय र प्राविधिक शिक्षाको क्षेत्रमा केही नयाँ काम गर्न खोजेर पनि नसकेपछि निर्वाचन लड्न म्याग्दी पुगेको उहाँको भनाइ थियो । आफू फरक मान्छे भएको भन्दै सांसद पुनले फरक शैलीमै प्रस्तुत हुने उल्लेख गर्नुभयो ।
प्रतिक्रिया
