भ्रष्टाचारका सबै फाइल खोल्न राप्रपाको माग

काठमाडौं । राप्रपाका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले जेनजी घटनाको निष्पक्ष छानबिन गरेर दोषीलाई कारबाही गर्न माग गरेका छन्। प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै अघिल्लो सरकारले बहुमत दम्भ देखाउँदा अहिलेको परिस्थिति आएको बताए।

उनले भने, ‘जनताको मतबाट आएको यो सरकार जनताको हितमा समर्पित होस्। विगतका कमजोरीहरू नदोहोरियोस्। विधिको शासनमा अडिग शासन सञ्चालन होस्।’

उनले अहिलेको सरकार जनताको आशा र भरोसाको दियो रहेको समेत बताए। उनले प्रधानमन्त्री बालेन शाह र गृहमन्त्री सुधन गुरुङले भ्रष्टाचारको सबै फाइल खोल्ने विश्वास व्यक्त गरे।

प्रदेश खारेज गर्ने प्रस्ताव ल्याए रास्वपालाई राप्रपाले दुईतिहाइ पुर्‍याइदिने

संघीयता खारेज गरे राप्रपाले रास्वपालाई दुई तिहाइ मत पुर्‍याइदिने भएको छ ।दलका नेतालाई सेटल गर्न ल्याइएको प्रदेश खारेज गरे राप्रपाका ५ सांसदले दुईतिहाइ मत पुर्‍याइदिने शाहीले बताएका हुन् ।

‘देशमा ८८४ जना सांसद छन् । एक वर्षमा एक खर्ब रुपैयाँमा प्रदेश पाल्नुपरेको छ । दलका कार्यकर्तालाई सेटल गर्न ल्याएको छ,’ उनले भने, ‘प्रदेशखारेज गर्न बहमुत पुग्न १८४ चाहिन्छ । तत्काल प्रदेश खारेज गरियोस् । सरकारले यो विषय अगाडि बढाओस् । राप्रपाले १८७ पुर्‍याइदिन्छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर