बादलको आक्रोश : रास्वपाले चुनाव जित्नुमा सेनादेखि बारबरा फाउन्डेसनको योगदान

काठमाडौं । नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’  ले राष्ट्रिय स्वतन्त्र पार्टीको ‘चामत्कारिक विजय’ मा नेपाली सेनादेखि बारबरा फाउन्डेसनलगायतका शक्तिको साथ भएको बताएका छन् । बिहीबार संसदको पहिलो बैठकमा बोल्दै बादलले टीओबीलगायत समूहको पनि साथ भएको भन्दै त्यसलाई एआई र गोयबल्स तरिका गरिएको बताए ।

उनले भने, ‘शान्ति र समृद्धिका नायकलाई खुंखार खलनायकको रूपमा चित्रित गरेको र देश चलाउनेलाई नायकको रूपमा चित्रित गरिएको छ ।’ आफ्नो प्रश्न भने जारी हुने भन्दै बादलले भने, ‘हामी निरन्तर गरिमामय सदनमा आवाज घन्काउनेछौँ ।’ सम्बोधनमा बादलले रास्वपालाई बधाई दिए भने भदौ २३ र २४ का शहीदलाई पनि स्मरण गरे । पराजयबाट सिकेर अगाडि जाने उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर