श्रम संस्कृतिको एमसीसी खारेजीको माग
काठमाडौं । श्रम संस्कृति पार्टीले प्रतिनिधिसभाको पहिलो बैठकमा नै विहीबार अमेरिकी आर्थिक सहायता सहकार्य (मिलिनियम च्यालेन्ज कर्पोरेशन) एमसीसी खारेजीको माग गरेको छ।
अध्यक्ष हर्क साम्पाङले सदनमा सम्बोधनका क्रममा उक्त माग गरेका हुन्। उनले सदनको बैठक ढिलो सुरु भएकोमा पनि प्रश्न गरेका छन्। उनले सदन नै १६ मिनेट ५५ सेकेन्ड ढिलो भएको बताएका थिए। उनले एमसीसी खारेजीलगायत शिक्षा, स्वास्थ्य र उत्पादनलगायतका विषयमा पनि माग राखेका छन्।
सदनमा बोल्न दिने समयमा पनि विभेद रहेको प्रश्न उनले उठाए। उनले सत्ता पक्ष र विपक्षको समयसीमाको विषयमा ध्यानाकर्षण गराउँदै भने,‘हामी पनि जननिर्वाचित भएरै आएका हौं।’
प्रतिक्रिया
