व्यवसायी दीपक भट्ट पक्राउ

काठमाडौं ।  व्यवसायी दीपक भट्टलाई प्रहरीले पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले आज बिहीबार उनलाई  नियन्त्रणमा लिएको हो ।

सीआईबीका प्रमुख एआईजी डा. मनोज केसीका अनुसार भट्टलाई सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा पक्राउ गरिएको हो । यसअघि उनको पासपोर्ट पनि रोक्का गरिएको थियो । सम्पत्ति शुद्धीकरण विभागले भट्टमाथि उक्त कसुरमा अनुसन्धान अघि बढाइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर