रमेश लेखकलाई सम्झेनन् कांग्रेसले, रमेश लेखकलाई सम्झेनन् कांग्रेसले संसदमा ओलीको रिहाइको माग
काठमाडौं । नेपाली कांग्रेसले पक्राउ गरिएका आफ्ना नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकलाई सम्झिन आवश्यक ठानेन। अर्थात् प्रतिनिधिसभाको विहीबारको पहिलो बैठकमा कांग्रेसका तर्फबाट भिष्मराज आङदेम्बेले सदनमा सम्बोधन गरेका थिए। लेखक पक्राउको बिरोधमा एक शव्द पनि खर्च नगरेका उनले प्रधानमन्त्री बालेन शाहलाई बधाई दिँदै खबरदारी पनि गरिने बताएका छन्।
एमालेका गुरु बरालले भने बैठक सुरु हुनासाथ ओली र लेखकको पक्राउको बिरोधमा बोलेका थिए। सदन अबरोध गर्न खोजेका थिए। तर कांग्रेस नेता आङदेम्बेले भने निर्वाचन सम्पन्न गराउने तत्कालिन सुशीला कार्की नेतृत्वको सरकारलाई धन्यवाद दिएका छन्। उनले निर्वाचन आयोग, सुरक्षा निकायलाई पनि धन्यवाद दिए। यस्तै राष्ट्रियसभामा एमालेका सांसदहरूले आफ्ना अध्यक्ष ओलीको रिहाइको माग गरे ।
प्रतिक्रिया
