नवनिर्वाचित प्रतिनिधिसभाको आज पहिलो बैठक
काठमाडौं । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनपछिको पहिलो अधिवेशन भोलि (बिहीबार)देखि सुरु हुँदैछ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले करिब दुई तिहाइ बहुमत प्राप्त गरेपछि सुरु हुन लागेको यस अधिवेशनलाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय रूपमा महत्वका साथ हेरिएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलबाट नेपालको संविधानबमोजिम मन्त्रिपरिषद्को सिफारिसमा सङ्घीय संसद्को दुवै सदनको अधिवेशन बिहीबार दिउँसो २ः०० बजेका लागि आह्वान गर्नुभएको छ । प्रतिनिधिसभाको उक्त अधिवेशन सिंहदरबारस्थित निर्माणाधीन सङ्घीय संसद् भवनको बहुउद्देश्यीय कक्षमा र राष्ट्रियसभाको बैठक सङ्घीय सचिवालयस्थित पूरानो भवनमा बस्नेछ । यो राष्ट्रियसभाको २०औँ अधिवेशन हो ।
यसैबीच आज बसेको सर्वदलीय बैठक पछि संसद सचिवालयले सरकारको सम्भावित कार्यसुची सार्वजनिक गरेको छ । जसमा राष्ट्रपति कार्यलयबाट प्राप्त संसदको अधिवेशन आह्वान, मन्त्रिपरिषद गठन सम्बन्धीको पत्र वाचनदेखि सभामुखको निर्वाचन मिति प्रस्ताव रहेका छन् ।संसदको पहिलो बैठक भएकाले भोलिको बैठकमा दलिय आधारमा सांसदहरुले सम्बोधन गर्ने कार्यक्रम समेत रहेको छ ।
यस्तो छ सम्भावित कार्यसूची

