खाजाको समयमा पनि सेवा निरन्तर
काठमाडौं । ललितपुर जिल्ला अदालतले खाजा समयका क्रममा पनि सेवा प्रवाह निरन्तर राख्ने व्यवस्था मिलाएको जनाएको छ।
अदालतको प्रशासन शाखाद्वारा जारी सूचनाअनुसार यसअघि कर्मचारीहरूको खाजा समय आइतबारदेखि बिहीबारसम्म बिहान १:३० देखि दिउँसो २:३० बजेसम्म तथा शुक्रबार बिहान १:०० देखि २:०० बजेसम्म निर्धारण गरिएको थियो।
सो समयमा अदालतको सेवा प्रवाह रोकिने गरेको गुनासो आएपछि अबदेखि खाजा समयमै पनि कुनै रोकावट नगरी सेवा सञ्चालन गर्ने निर्णय गरिएको अदालतले जनाएको छ। सेवाग्राहीलाई कुनै असुविधा नहोस् भन्ने उद्देश्यले खाजा समयमै समेत सेवा निरन्तर सञ्चालन गरिने अदालतले स्पष्ट पारेको छ।
प्रतिक्रिया
