सपना प्रधान मल्ल कामु प्रधानन्यायाधीश
काठमाडौं । सर्वोच्च अदालतको नेतृत्व अब वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्लले गर्ने भएकी छन्। मल्लले बुधबारदेखि कायममुकायम (कामु) प्रधानन्यायाधीशका रूपमा काम गर्ने भएकी हुन्।
प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत आज (मंगलबार) अवकाश हुँदै छन्। राउतको आजै बिदाइ कार्यक्रम तय भएको सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी दिए।
राउत न्यायाधीश ६५ वर्षे उमेर हदका कारण अनिवार्य अवकाश हुन लागेका हुन्। राउत २०८१ असोज २० गते प्रधानन्यायाधीश नियुक्त भएका थिए। त्यसको ८ वर्ष पहिले उनी सर्वोच्च अदालतमा न्यायाधीश नियुक्त भएका थिए। त्यसअघि उनी वरिष्ठ अधिवक्ता थिए।
प्रतिक्रिया
