इरानका ऊर्जा केन्द्रहरु उडाइदिने ट्रम्पको धम्की
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि इरानलाई धम्की दिँदै सहमतिमा नआए ऊर्जा केन्द्रहरु उडाइदिने बताएका छन्। ‘यदि युद्ध अन्त्य गर्न कुनै सहमति नआएमा र स्ट्रेट अफ हर्मुज पुनः नखोलिएमा अमेरिका ईरानका विद्युत् केन्द्रहरू र तेलका कुवाहरू ध्वस्त पार्नेछ,’ उनले भने।
ट्रम्पको धम्कीलाई लिएर ह्वाइट हाउसकी प्रेस सचिवले अमेरिकी सेना कानुनअनुसार काम गर्ने बताइन्। विज्ञहरूले भने नागरिक पूर्वाधारमा आक्रमण गर्नु युद्ध अपराध हुन सक्ने ट्रम्पलाइ चेतावनी दिएका छन्।
इरान र अमेरिकाबिचको युद्धमा कुनै सहमति नदेखिँदा र एक अर्का विरुद्धका कडा अभिव्यक्तिका कारण सोमबार तेलको मूल्य बढेर १ सय १५ डलर पुगेको थियो। अमेरिकामा पनि कच्चा तेलको मूल्य जुलाई २०२२ पछि पहिलो पटक प्रति ब्यारेल १०० डलरभन्दा माथि पुगेको छ।
प्रतिक्रिया
