दार्चुलामा जिप दुर्घटना : २ कर्मचारीको मृत्यु
काठमाडौं । दार्चुलाको ओसिलबाट गोकुलेश्वरतर्फ गइरहेको जिप शैल्यशिखर नगरपालिका– ४ ओसिल क्षेत्रमा दुर्घटना हुँदा त्यसमा सवार दुई जना सरकारी कर्मचारीको घटनास्थलमा मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार दुर्घटनामा परेर जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय दार्चुलामा कार्यरत इन्जिनियर मनिषा चन्द र वरिष्ठ प्रशासकीय अधिकृत भरतबहादुर तितराको घटनास्थलमा मृत्यु भएको हो ।
कामको सिलसिलामा उनीहरू काडापारीबाट ओसिलतर्फ गएको जनाइएको छ । दुर्घटनामा अन्य चार जना घाइते भएका छन् । उनीहरूको गोकुलेश्वरस्थित गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको छ ।
प्रतिक्रिया
