महेश बस्नेतविरुद्ध पक्राउ पुर्जी जारी गर्न अदालतको अस्वीकार

काठमाडौं ।  नेकपा एमालेका सचिव महेश बस्नेतविरुद्ध पक्राउ पुर्जी दिन जिल्ला अदालत, काठमाडौंले अस्वीकार गरेको छ।

सोमबार जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीको इजलासले पक्राउ पुर्जी दिन अस्वीकार गरेको हो। जिल्ला प्रहरी परिसर, काठमाडौंले पक्राउ पुर्जीका लागि जिल्ला अदालतमा निवेदन दिएको थियो। त्यसमाथि सुनुवाइ गर्दै अदालतले पक्राउ गर्ने अनुमति दिन अस्वीकार गरेको हो।

बस्नेतबाट पीडित भएको भन्दै आइतबार एक महिलाले जिल्ला प्रहरी परिसरमा फेरि जाहेरी दिएकी थिइन्। यसअघि दिएको जाहेरीमा जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले मुद्दा नचलाउने निर्णय गरेको थियो।

जिल्ला सरकारी वकिलको कार्यालयले गरेको निर्णय विरुद्धको निवेदन उच्च अदालतमा विचाराधीन छ। त्यसको टुंगो लाग्न बाँकी रहेकाले जिल्ला अदालत, काठमाडौंले पक्राउ पुर्जी दिन अस्वीकार गरेको हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर