ओली र लेखकलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं ।  अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ । प्रहरीले १० दिन थुनामा राख्न म्याद थपको अनुमति मागेपनि काठमाडौं जिल्ला अदालतलले भने पाँच दिनसम्म हिरासतमा राखि अनुसन्धान गर्न अनुमति दिएको हो ।

आइतबार न्यायाधीश आनन्द श्रेष्ठको इजलासले ओली र लेखकलाई ५ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिए । साथै अदालतले ओलीको प्रभावकारी स्वास्थोपचार गर्न पनि भनेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर