पाक पूर्वसेना प्रमुख कमर बाजवाको निधन

काठमाडौं ।  पाकिस्तानका पूर्वसेना प्रमुख जनरल कमर जावेद बाजवाको शनिबार निधन भएको छ। गत महिना आफ्नो घरको बाथरुममा चिप्लिएर उनको टाउकोमा गम्भीर चोट लागेको थियो।

त्यसपछि रावलपिन्डीस्थित सैन्य अस्पतालको आईसीयूमा उपचाररत उनको ६५ वर्षको उमेरमा शनिबार निधन भएको हो। उनको शल्यक्रिया गरिएको थियो। डाक्टरहरूले सुरुमा शल्यक्रिया सफल भएको घोषणा गरेका थिए। तर उनको अवस्था गम्भीर भयो र मृत्यु भयो।

बाजवा सन् २०१६ देखि २०२२ सम्म पाकिस्तानको सेना प्रमुख थिए। अवकाशपछि पनि उनलाई पाकिस्तानको राजनीति र सुरक्षा मामिलामा प्रभावशाली मानिन्थ्यो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर