लेखक पक्राउ परेपछि कांग्रेस नेताहरू परामर्शमा
काठमाडौं । पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ परेपछि कांग्रेस नेताहरू परामर्शमा जुटेका छन्। लेखक पक्राउ परेपछि कसरी अगाडि बढ्ने भनेर नेताहरूबिच परामर्श भइरहेको प्रवक्ता देवराज चालिसेले जानकारी बताए।
उनले बिहान ११ बजे पार्टीका तर्फबाट प्रतिनिधिसभामा निर्वाचित सांसदहरूका लागि अभिमुखीकरण कार्यक्रम राखिएको र त्यस अगाडि लेखक पक्राउबारे पार्टीको धारणा सार्वजनिक गरिने जानकारी दिए।
उनले भने, ‘अहिले हामी परामर्शमा छौँ बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालयमा सांसदहरूका लागि परामर्श राखिएको छ, त्यस अगाडि पार्टीको धारणा बाहिर ल्याउँछौँ।’ गत भदौ २३ र २४ गते भएको जेन्जी आन्दोलनका बेला गृहमन्त्री रहेका लेखकलाई बिहान सबेरै उनको कटुन्जेस्थित निवासबाट प्रहरीले पक्राउ गरेको थियो।
प्रतिक्रिया
