सांसद रहबर अनसारीको शपथ स्कुल ड्रेसमा
काठमाडौं । नवनिर्वाचित सांसद रहबर अनसारी स्कुल ड्रेसमा शपथ लिन पुगेका छन् । रास्वपाबाट निर्वाचित अनसारी बिहीबार सिंहदरबारमा स्कुल ड्रेसमा शपथ लिन पुगेका हुन् ।
अन्य सांसदले आफ्नो पहिचान झल्किने थरीथरीका पोशाक लगाउँदा उनले भने स्कुल ड्रेस लगाएका हुन् । उनी स्कुल ड्रेसमा झोला बोकेर ठ्याकै स्कुले विद्यार्थी जस्तै बनेर शपथ लिन पुगेका थिए । अनसारीले आफ्ना बुबा र छोरा छोरी स्कुल पठाएर शिक्षित बनाउने अभिभावकको सम्मानका लागि स्कुल ड्रेस लगाएको बताए ।
प्रतिक्रिया
