स्वस्तिवाचनका साथ बालेनको शपथ ग्रहणको साइत शुक्रबार मध्याह्न १२ बजेर ३४ मिनेटमा
काठमाडौं । प्रधानमन्त्री पदमा नियुक्त हुन लागेका रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहको शपथ ग्रहणको साइत शुक्रबार मध्याह्न १२ बजेर ३४ मिनेटमा निस्किएको छ ।
बालेनको सचिवालयका अनुसार साइतमै शपथ लिने व्यहोरा राष्ट्रपति कार्यालयलाई गराइएको छ । त्यसक्रममा १०८ जना बटुकले स्वस्तिक बाचन गर्नेछन् भने १०७ बौद्ध लामा गुरुहरुबाट मंगलवाचन गराइनेछ ।
७ जना ब्राम्हणले शंखनाद गरेर शपथ ग्रहण समारोहलाई सनातन धर्मबाट गुञ्जायमान बनाउने तयारी छ । त्यसपछि उनी सोही दिउँसो २ः १५ बजे सिंहदरबारस्थित प्रधानमन्त्रीको सचिवालय जाने तयारी रहेको छ ।
प्रतिक्रिया
