इरानलाई ट्रम्पको ४८ घन्टे चेतावनी

काठमाडौं ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई हर्मुज जलडमरु पुनः पूर्ण रूपमा खोल्न ४८ घण्टाको नयाँ समयसीमा दिएका छन् । ट्रम्पले सामाजिक सञ्जालमार्फत चेतावनी दिँदै तोकिएको समयभित्र जलमार्ग नखोले अमेरिकाले इरानका विद्युत् केन्द्रहरू पूर्ण रूपमा ध्वस्त पार्ने बताएका छन् ।

उनले २१ मार्च राति २३:४४ मा सन्देश पोस्ट गरेका थिए, जसअनुसार इरानले २३ मार्चको राति २३:४४ सम्म, अर्थात् तेहरान समयअनुसार २४ मार्चको बिहान ०३:१४ भित्र जलमार्ग खोल्नुपर्नेछ । यो चेतावनीसँगै अमेरिका–इरान तनाव अझ तीव्र बन्ने संकेत देखिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर