सर्वोच्चद्वारा भदौ २४ को क्षतिको प्रतिवेदन पारित

काठमाडौं । सर्वोच्च अदालतका सम्पूर्ण न्यायाधीश संलग्न ‘फूल कोर्ट’ ले भदौ २४ गते सर्वोच्चलगायतका अदालतमा भएको आगजनी, तोडफोड, लुटपाट र विध्वंशको प्रतिवेदनको मस्यौदा पारित गरेको छ । उक्त प्रतिवेदनलाई सर्वोच्चको वार्षिक प्रतिवेदनमा समावेश गरी राष्ट्रपतिलाई बुझाइने भएको छ ।

यसअघि सर्वोच्चको वार्षिक प्रतिवेदनमा असार मसान्तसम्मको उपलब्धीसहितका गतिविधि मात्र समावेश गर्ने प्रचलन भए पनि यसपल्ट २०८२ भदौ २४ गते भएको विध्वंशसमेत प्रतिवेदनमा संलग्न गरी राष्ट्रपतिलाई बुझाइने भएको छ । जेनजी आन्दोलनका क्रममा भदौ २४ को विध्वंशबारे अध्ययनका लागि सर्वोच्चकी वरिष्ठतम् न्यायाधीश सपना मल्ल प्रधानको नेतृत्वको अनुसन्धान समितिद्वारा प्रतिवेदनको ‘ड्राफ्ट’ तयार गरिएको थियो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर