आज चैत ६ गते शुक्रबारको राशीफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आफन्त र परिवारसंग मतभेद हुन सक्छ सचेत रहनुहोस्। पहिलाको उपलब्धि जोगाउन अतिरिक्त काम र मेहनत गर्नुपर्ला। वैदेशिक रोजगारमा सफलता मिल्नेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ७ रहेको छ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) नयाँ काम गर्ने अवसर प्राप्त हुनेछ। नोकरी वा पेशा तथा ठेक्कापट्टा सम्बन्धी कामबाट फाइदा उठाउन सकिनेछ। विशेष यन्त्र, उपकरण र सवारी साधन जुटाउने अवसर रहेको छ। आजको शुभ रंग केसरी हो भने शुभ अंक ३ रहेको छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) अरू संग तुलना गर्ने बानीले समस्या निम्ताउला। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। नयाँ काम गर्ने अवसर प्राप्त हुनेछ। आर्थिक पक्ष सबल रहनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक १ रहेको छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) गृहणीहरूको घरायसी काम थपिनुका साथै उद्देश्य पूर्तिको लागि संघर्ष गर्नुपर्ला। दिन उत्साहजनक वा प्रगतिको साथै नयाँ उपलब्धि लिएर आउनेछ। व्यापार व्यवसायमा लाभ रहनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) व्यावहारिक समस्या पन्छाउन शुभचिन्तकहरूको सहयोग लिनुहोला। जीवन साथीको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। लक्ष्य अनुसार समयमा काम सम्पादन हुनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ५ रहेको छ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आर्थिक समस्याहरू सुल्झिनेछ। साझेदारी व्यापारमा लाभ रहनेछ। नोकरी वा पेशामा पदोन्नति वा अनुकूल स्थान प्राप्त हुने सम्भावना रहेको छ। स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) विवादास्पद कामले लोकप्रिय छविमा दाग लाग्न सक्छ सावधान रहनुहोला। कार्यक्षेत्रमा कामको दबावले स्वास्थ्यमा कमजोरीको अनुभूति हुनेछ। प्रतिष्पर्धामा विजयी भइनेछ। आजको शुभ रंग कलेजी हो भने शुभ अंक ६ रहेको छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) महत्वकाङ्क्षी कार्य प्रारम्भ गर्न केही समस्या प्रतिक्षा गर्नुहोस्। फजुल खर्चमा नियन्त्रण राख्नुहोस्। मांगलिक कार्य गर्दा बाधा पर्न सक्छ। अप्ठ्यारा चुनौतीहरूलाई पन्छ्याउँदै नयाँ लक्ष्यको मार्ग अवलम्बन गर्न सफल भइनेछ। आजको शुभ रंग आकाशी हो भने शुभ अंक ६ रहेको छ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) रोजगारको नयाँ अवसर प्राप्त हुनेछ। बोलिको प्रभावले प्रभावशाली व्यक्तित्व निर्माण गर्न सफल भइनेछ। विद्यार्थीहरूको प्रतिभाको उचित मूल्यांकन हुनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ७ रहेको छ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आय आर्जनका नयाँ बाटाहरू फेलापर्नेछन्। अध्ययन अध्यापनमा सफलता मिल्नेछ। नोकरी वा पेशामा अधिनस्थहरूको सहयोग मिल्नेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ५ रहेको छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) व्यापार व्यवसायमा नयाँ जिम्मेवारी प्राप्त हुनेछ। प्रतिस्पर्धीहरूलाई परास्त गर्दै नयाँ उपलब्धि प्राप्त गर्न सकिनेछ। विद्यार्थीहरूको तर्कशक्तिमा वृद्धि हुनेछ। अभिव्यक्त गर्ने शैलिमा निखार आउनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ३ रहेको छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) महत्वकांक्षी योजनाहरू गोप्य राखेर अघि बढ्नुहोस् सफलता मिल्नेछ। विपरीत परिस्थितिलाई पनि आफ्नो अनुकूल बनाउन सकिनेछ। आफन्तहरूबाट नयाँ उपहार प्राप्त होला। प्रेम सम्बन्ध सुमधुर रहनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ४ रहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर