बालेन शाहलाई के भएको हो ? कार्यक्रममा सहभागिता अनिश्चित ?

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साह पार्टीका सांसदहरूको अभिमुखीकरण तथा परिचयात्मक कार्यक्रममा सहभागी हुने न्यून सम्भावना रहेको छ । पार्टीका नेता एवं नवनिर्वाचित सांसद गणेश पराजुलीले स्वास्थ्य अवस्था असहज भएकाले वरिष्ठ नेता साह कार्यक्रममा उपस्थिति हुने टुङ्गो नलागेको बताए ।

उनले भने,  ‘यतिखेर सभापतिजी पनि अस्वस्थ हुनुहुन्छ । र उहाँको स्वास्थ्य सुधार भइराखेको छ भने वरिष्ठ नेताज्यूमा पनि स्वास्थ्य समस्या आइरहेको हुँदै गर्दा उहाँहरू हिजो देखिनै यहाँ आउन सक्नु भएको छैन । यद्यपि आज अलि सन्चो भएको खण्डमा आइपुग्ने भन्ने कुरा छ । सभापतिजीको स्वास्थ्य सुधार भएको र उहाँ आउँदै हुनुहुन्छ । वरिष्ठ नेताज्यूको स्वास्थ्य अस्वस्थ असहजता भइरहेको जानकारी छ । यद्यपि उहाँहरूले यो कार्यक्रममा सहभागी हुनुपर्ने होइन र भन्ने प्रश्न जायज छ । भइरहेको भन्ने जानकारी छ ।’

तर सांसद पराजुलीले बालेन शाहलाई मौसमी बिरामी वा चुनावी थकान हा्कि अन्य रोग लागेको हो  त्यो भने खुलाएनन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर