उदयपुरमा रुखले किचेर दुई जनाको मृत्यु

काठमाडौं ।  उदयपुरको कटारी नगरपालिकामा सोमबार साँझ आएको भीषण हुरीबतासले जनधनको ठुलो क्षति पुर्‍याएको छ। हुरीका कारण रुख ढलेर र हाँगाले लागेर दुई जनाको ज्यान गएको छ भने अन्य ६ जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार मृत्यु हुनेमा कटारी नगरपालिका–८ थलियाटारकी ४९ वर्षीया मीनामाया तामाङ र कटारी–५ तीनकुने चोकका ६४ वर्षीय वीरेन्द्र चौधरी रहेका छन्। तामाङलाई कुटमेरोको रुखको हाँगाले लागेको थियो भने चौधरीलाई राधाकृष्ण मन्दिर नजिकै सखुवाको रुख ढलेर लागेको प्रहरी नायब उपरीक्षक निरञ्जन थापाले बताए।

हुरीबतासबाट घाइते भएका ६ जनामध्ये दुई जनाको अवस्था गम्भीर रहेकाले उनीहरूलाई थप उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल रिफर गरिएको छ। रिफर हुनेमा कटारी–५ का ४६ वर्षीय लीलबहादुर दनुवार र कटारी–८ की २० वर्षीया कमलाकुमारी पुलामी मगर रहेका छन्। अन्य चार जना घाइतेहरू पाँच वर्षीया बिनिशा चौधरी, २७ वर्षीय युवराज कार्की, प्रेमचन्द्र दनुवार र १६ वर्षीया अस्मिता परियारको कटारी अस्पतालमा प्राथमिक उपचारपछि डिस्चार्ज गरिएको प्रहरीले बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर