इजरायली प्रधानमन्त्री नेतन्याहु मारिएको इरानी दावी निराधार

काठमाडौं ।   इजराइलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले इरानी हमलामा मारिएको हल्ला चलेपछि प्रत्यक्ष भिडिओ सन्देश जारी गरेका छन्। इरानी सरकारी सञ्चारमाध्यमहरुले इजराइली प्रधानमन्त्री नेतन्याहु मारिएको वा घाइते भएको भनेर हल्ला चलाएपछि आइतबार उनले भिडिओ सन्देश सार्वजनिक गरेका हुन्।

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार नेतन्याहूले आफ्नो टेलिग्राम खातामार्फत भिडिओ सार्वजनिक गरेका हुन्। कफी पिउँदै गरेका नेतन्याहूले हिब्रु भाषामा मर्नु भनको धेरै मन पराउनु त्यसप्रति अति आकर्षित हुनु भन्ने अर्थ पनि लाग्ने भनेर व्यंग्यात्मक शैलीमा जबाफ दिए। ‘म कफीका लागि पागलजस्तै छु। म आफ्ना जनताप्रति पनि त्यत्तिकै समर्पित छु’, उनले भनेका छन्।

युद्ध सुरु भएयता नेतेन्याहूले अन्तर्वार्ता वा प्रत्यक्ष पत्रकार सम्मेलन अत्यन्त कम गरेका छन्। युद्ध सुरु भएपछिको पहिलो पत्रकार सम्मेलन नै उनले गत बिहीबार गरेका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर