इनिशा विकको हत्याविरुद्ध झापामा प्रदर्शन
काठमाडौं । सुर्खेतकी इनिशा विकको बलात्कारपछि हत्या भएको घटनाका दोषीलाई कडा कानुनी कारबाहीको माग गर्दै आज झापाको काँकरभिट्टामा विरोध प्रदर्शन गरिएको छ।
प्रगतिशील युवा क्लब धुलाबारीको अगुवाइमा काँकरभिट्टास्थित हनुमान मन्दिर परिसरबाट निकालिएको विरोध र्यालीले नगरका विभिन्न भागको परिक्रमा गरेपछि पूर्वी प्रवेशद्वारमा पुगेर खबरदारी सभामा परिणत भएको थियो।
र्यालीमा मेचीनगर नगरपालिका क्षेत्रका विभिन्न विद्यालयका विद्यार्थी, शिक्षक, मानवअधिकारकर्मी, विभिन्न सङ्घसंस्थाका प्रतिनिधि र सञ्चारकर्मीहरूको ठूलो उपस्थिति रहेको थियो। सहभागीहरूले ‘दोषीलाई कडाभन्दा कडा कारबाही गर’, ‘हत्या हिंसा बन्द गर’, र ‘जहाँ छोरी डराउँछे, त्यहाँ समाज असफल हुन्छ’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका थिए।
प्रतिक्रिया
