गृहमन्त्री अर्याल राष्ट्रियसभा सदस्यमा सिफारिस
काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्याल राष्ट्रियसभा सदस्यमा सिफारिस भएका छन्। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई राष्ट्रियसभामा सिफारिस गर्ने निर्णय गरेको हो।
सरकारको सिफारिसमा नियुक्त हुने राष्ट्रियसभाको एक पद रिक्त रहेको थियो। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले एक जनालाई राष्ट्रियसभा सदस्य मनोनीत गर्ने व्यवस्था छ।
प्रतिक्रिया
