यी हुन् नेकपा र कांग्रेसका समानुपातिक सांसद

काठमाडौं ।  नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले समानुपातिक प्रणालीबाट निर्वाचित हुने सांसदको नाम टुंग्याएको छ।

पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले छलफल गरेर समानुपातिक प्रणालीबाट निर्वाचित हुने सांसदहरूको नाम टुंगो लगाएका हुन्। फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा समानुपातिकतर्फ प्राप्त मतका आधारमा नेकपाले ९ सिट पाएको छ।

खसआर्यमा प्रमेश हमाल, आदिवासी जनजाति समूहबाट परशुराम तामाङ र भीमकुमार बुढा, अपाङ्गताबाट प्रेम बयक, महिलातर्फ बलावती शर्मा, मधेशी समूहबाट जोगकुमार बरबरिया यादव, दलितबाट पार्वती विक र गणेश विश्वकर्मा र थारू समूहबाट निराशा चौधरी डगौरा समानुपातिक तर्फ सिफारिस भएको नेकपाले जनाएको छ।

यी हुन् कांग्रेसबाट सिफारिस भएका नामहरू :

खसआर्य समूह

१. सुशीला ढकाल
२.रुक्मिणी देवी कोइराला
३. रीना उप्रेती
४. सतिा थपलिया
५. गंगा शाही
६. अर्जुननरसिंह केसी

आदिवासी जनजाति समूह

७. गीताकुमार सेन्दाङ
८. गंगालक्ष्मी अवाल
९. गीता गुरुङ
१०. रेनुका काउचा
११. सुनिताकमारी सुवेदी
१२. भीष्मराज आङदेम्बे

मधेशी समूह

१३. निनुकुमारी कर्ण
१४. रेखाकुमारी यादव
१५. चन्द्रमोहन यादव

दलित समूह

१६. हरिनादेवी कामी
१७. पवित्रा विक
१८. मानबहादुर नेपाली

थारू समूह

१९. प्रमिलाकुमारी गच्छदार

मुस्लिम समूह

२०. शाहजान खातुन

यी प्रस्तावित नामहरू निर्वाचन आयोगबाट अनुमोदन हुन बाँकी छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर