कांग्रेसको २० समानुपातिक सांसदमध्ये १५ जना महिला

काठमाडौं । नेपाली कांग्रेसले समानुपातिकको बन्दसूचीमा रहेकाबाट २० जनाको नाम निर्वाचन आयोगमा बुझाउने निर्णय गरेको छ । पार्टीले पाएको २० मध्ये १५ सिटमा महिला र ५ सिटमा पुरुष गरेर नाम पठाउने निर्णय भएको प्रवक्ता देवराज चालिसेले जानकारी दिए ।

क्लस्टर मिलाउँदा आदिवासी जनजातीबाट ६, खस आर्यबाट ६, थारु, दलित, मधेशी, मुस्लिम र पिछडिएको क्षेत्र मिलाएर कूल ५ जनाको नाम आयोगमा पठाउने उनले बताए । ‘बन्दसूची हामी निर्वाचन आयोगमा आजै पठाउँछौं । केही क्लस्टरमा तल माथि परेको खण्डमा हामीलाई आयोगले परिवर्तन गर्ने सुविधा दिन्छ,’ चालिसेले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर