मोहनप्रसाद ओलीको आर्यघाटमा अन्त्येष्टि

काठमाडौं ।  पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका बुबा मोहनप्रसाद ओलीको आज पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिएको छ । उहाँको ९७ वर्षको उमेरमा शुक्रबार बिहान निधन भएको हो । स्वर्गीय मोहनप्रसादको पार्थिव शरीरमा अध्यक्ष ओलीले मुखाग्नी दिनुभयो । उहाँप्रति श्रद्धाञ्जली अर्पण गर्न विभिन्न दलका नेता तथा कार्यकर्ता पशुपति पुग्नुभएको थियो ।

दिवङ्गत पिता ओलीप्रति श्रद्धाञ्जलि दिन आर्यघाटमा नेपाली कांग्रेसका सभापति गगनकुमार थापा, नेता अर्जुननरसिंह केसी, नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल, नेता नारायणकाजी श्रेष्ठ, पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ, राष्ट्रपति रामचन्द्र पौडेलका छोरी अवज्ञा पौडेल पशुपति पुग्नु भएको थियो ।

यसैगरी, एमालेका उपाध्यक्षहरु विष्णुप्रसाद पौडेल, पृथ्वीसुब्बा गुरुङ र गोकर्णराज विष्ट, महासचिव शङ्कर पोखरेल, पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल, नेकपा (माले) का महासचिव सिपी मैनाली, नेकपा (संयुक्त) का नेता घनश्याम भुसाल, एमालेका विभिन्न नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।

भक्तपुरको गठ्ठाघरस्थित नेपाल–कोरिया मैत्री अस्पतालमा आज  शुक्रबार बिहान उपचारका क्रममा मोहनप्रसाद ओलीको निधन भएको थियो । उहाँको पार्थिव शरीरमा आफन्त, नातेदार तथा पार्टी नेता–कार्यकर्ताले श्रद्धाञ्जली अर्पण गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर