काठमाडौं उपत्यकामा ग्यासको अभाव
काठमाडौं । मध्यपूर्व क्षेत्रमा बढ्दो युद्धको प्रभाव काठमाडौं उपत्यकामा पनि देखिन थालेको छ। केही दिनयता बजारमा खाना पकाउने ग्यासको अभाव हुन थालेपछि सर्वसाधारणले कठिनाइ भोग्न थालेका छन् ।
ग्यास अभावका कारण उपभोक्ताहरू ग्यास लिनका लागि काठमाडौंको बालाजु औद्योगिक क्षेत्रमा रहेको नेपाल ग्यास वितरण केन्द्रमा लाइन बस्न बाध्य भएका छन्। बिहानैदेखि उपभोक्ताहरू सिलिन्डर बोकेर लाइनमा बस्न बाध्य छन् ।
प्रतिक्रिया
