अमेरिकालाई इरानको जवाफ : “युद्धको अन्त्य हामी गर्छौं”

काठमाडौं ।  इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) ले युद्ध अन्त्यको विषयमा अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले दिएको अभिव्यक्तिप्रति प्रतिक्रिया जनाएको छ । ट्रम्पले यसअघि इरानमा जारी युद्ध चाँडै अन्त्य हुने सम्भावना रहेको बताएका थिए, तर कुनै निश्चित मिति भने बताएनन् ।

आईआरजीसीले यसको जवाफमा स्पष्ट पारेको छ कि युद्ध कहिले समाप्त हुने भन्ने निर्णय इरानको हातमा छ । समाचार एजेन्सी रोयटर्सका अनुसार आईआरजीसीले चेतावनी दिएको छ, ‘यदि अमेरिका र इजरायलको आक्रमण जारी रह्यो भने यस क्षेत्रबाट एक लिटर पनि तेल निर्यात गर्न दिइने छैन ।’

यो बीच होर्मुज स्ट्रेटमा बढ्दो तनावका कारण अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य वृद्धि हुने सम्भावना छ । विश्वको करिब २० प्रतिशत तेल यस समुद्री मार्गबाट पास हुन्छ । गत फेब्रुअरी २८ मा इजरायल र अमेरिकाले इरानमा संयुक्त हवाई हमला गरी सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको हत्या प्रयास गरेयता युद्ध जारी छ ।

इरानले पनि खाडी क्षेत्रका अमेरिकी र इजरायली सैन्य अड्डामा ड्रोन र क्षेप्यास्त्र प्रहार गरिरहेको छ । इरानका उपस्वास्थ्य मन्त्री अली जाफरियनका अनुसार हालसम्म १ हजार २५५ जना मारिएका छन् र १२ हजारभन्दा बढी घाइते भएका छन् । पीडितमा ८ महिनाका शिशुदेखि ८८ वर्षका वृद्धसम्म रहेका छन्, जसमा २०० महिला पनि छन् ।

विशेष रूपमा मिनाब प्राथमिक विद्यालयमाथि भएको आक्रमणमा १६८ बालबालिकाको मृत्यु भएको छ । आक्रमणमा ४ डाक्टर, २ नर्स, र ३ आपतकालीन कर्मचारीसहित ११ स्वास्थ्यकर्मी मारिएका छन् भने ५५ स्वास्थ्यकर्मी घाइते भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर