समानुपातिकतर्फ एक करोड दुई लाख ५८ हजार मतगणना
काठमाडौं । समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कूल एक करोड दुई लाख ५८ हजार २३१ मतगणना भएको छ । यही फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मंगलबार बिहान ६:२० सम्मको विवरणअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सबैभन्दा बढी अर्थात् ४९ लाख ३१ हजार ९३० मत प्राप्त गरेको छ ।
निर्वाचन आयोगका अनुसार निर्वाचनमा नेपाली कांग्रेसले १६ लाख ६८ हजार ८४५, नेकपा (एमाले)ले १३ लाख ८६ हजार ३२७, नेपाली कम्युनिष्ट पार्टीले सात लाख ४९ हजार ३५१ मत पाएका छन् । यस्तै, श्रम संस्कृति पार्टीले तीन लाख ४६ हजार ७९६, राष्ट्रिय प्रजातन्त्र पार्टीले तीन लाख २२ हजार ४०मत प्राप्त गरेको छ । मतगणना जारी छ ।
प्रतिक्रिया
