समानुपातिक तर्फ पनि रास्वपाको अग्रता कायमै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना जारी छ। अपराह्न ३ बजेसम्म ९० लाख ८४ हजार मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीले ४३ लाख ९० हजार ३५ मत प्राप्त गर्दै अग्रता कायम राखेको छ।

निर्वाचन आयोगका अनुसार नेपाली कांग्रेसले १४ लाख ७० हजार ७९६ मत पाएको छ भने नेकपा (एमाले)ले १२ लाख ३१ हजार ७८९ मत प्राप्त गरेको छ। त्यस्तै नेपाली कम्युनिस्ट पार्टीले ६ लाख ५६ हजार ९४१ मत पाउँदा श्रम संस्कृति पार्टीले तीन लाख १३ हजार ४८९ तथा राष्ट्रिय प्रजातन्त्र पार्टीले दुई लाख ९४ हजार ३५५ मत प्राप्त गरेका छन्।

निर्वाचन आयोगको मतगणना प्रविष्टि प्रणालीअनुसार जनता समाजवादी पार्टी नेपालले एक लाख ४० हजार २३७, राष्ट्रिय परिवर्तन पार्टीले एक लाख ३७ हजार २४५ र जनमत पार्टीले ६२ हजार ४६० मत प्राप्त गरेका छन्। राष्ट्रिय मुक्ति पार्टी नेपाल/जनता समाजवादी पार्टी/नागरिक उन्मुक्ति पार्टीले ५० हजार ५१ मत प्राप्त गरेका छन्।

उता पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) प्रणालीतर्फ १६४ निर्वाचन क्षेत्रको मतगणना सम्पन्न हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका १२४ उम्मेदवार विजयी भइसकेका छन्। नेपाली कांग्रेस १७, नेकपा (एमाले) सात, नेपाली कम्युनिस्ट पार्टी सात, श्रम संस्कृति पार्टी तीन र राष्ट्रिय प्रजातन्त्र पार्टी एक स्थानमा विजयी भएका छन्। एक स्वतन्त्र उम्मेदवारले पनि जित हात पारेका छन्।

हाल जारी मतगणनामा तीन निर्वाचन क्षेत्रमा प्रतिस्पर्धा बाँकी छ। गोरखा क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टी, इलाम क्षेत्र नं. १ मा नेपाली कांग्रेस र सङ्खुवासभा क्षेत्र नं. १ मा नेकपा (एमाले)का उम्मेदवार अग्रतामा रहेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर