ओखलढुंगाबाट रास्वपाका विश्वराज पोखरेल ५ भोटले विजयी

काठमाडौं । ओखलढुंगामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का विश्वराज पोखरेल पाँच मतको मतान्तरले विजयी भएका छन् । नेपाली कांग्रेसका कुमार लुइँटेललाई पराजित गर्दै पोखरेल १३ हजार ९५३ मत ल्याएर विजयी भएका हुन् । कांग्रेसका कुमार लुइँटेलले १३ हजार ९४८ मत प्राप्त गरे । पोखरेल नेपाल प्रहरीका पूर्वडीआइजी हुन् । ओखलढुंगामा एक मात्र संसदीय क्षेत्र रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर