डा. शेखर कोइरालाको घोर पराजय

काठमाडौं । मोरङ क्षेत्र नम्बर ६ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार विजयी भएका छन् । नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालालाई फराकिलो मतान्तरले पराजित गर्दै रास्वपाकी रुबिना आचार्य विजयी भएकी हुन् ।

आचार्यले ५५ हजार ५१३ मत प्राप्त गरिन् । उनका निकटतम प्रतिस्पर्धी डा. शेखर कोइरालाले १२ हजार ८ सय ५० मत प्राप्त गरे । एमालेका विनोद ढकालले ८ हजार ३ सय १७ मत प्राप्त गरेका छन् । यो क्षेत्रमा श्रम संस्कृति पार्टीका मातृका पौडेलले ३ हजार ४ सय मत प्राप्त गरेका छन् ।

निर्वाचनमा उम्मेदवार बन्नु अघिसम्म आचार्य यो क्षेत्रमा गुमनाम थिइन । विराटनगर घर भए पनि उनी विराटनगरको राजनीतिमा सक्रिय थिइनन् । कोइराला परिवारको विरासत जोडिएका डा. शेखर यसअघि सोही क्षेत्रबाट पटकपटक विजयी हुँदै आएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर