मत गणनाको रुझान हेर्दा रास्वपाको एकल सरकार बन्ने प्रायः निश्चित

काठमाडौं ।  प्रतिनिधिसभाको आज शुक्रबार दिउँसो २ः३० बजेसम्म जारी मत गणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ८० स्थानमा, नेपाली कांग्रेस ८ स्थानमा, नेकपा ८, नेकपा एमाले ७ स्थानमा, राष्ट्रिय प्रजातन्त्र पार्टी १, श्रम संस्कृति पार्टी १ स्थानमा र अन्य २ स्थानमा अगाडि रहेको छ । पछिल्लो निर्वाचन परिणामको रुझानको आधारमा समानुपातिकतर्फको मत गणनालाई हचुवाको आधार (पचास प्रतिशतप्राप्त हुने) माने पनि रास्वपाको एकल सरकार बन्ने प्रायः निश्चित भएको राजनीतिक वृत्तमा अनुमान लगाउन थालिएको छ । यद्यपि, मत गणना भने जारी नै छ । समानुपातिकतर्फको पूरै मत गणना गर्न बाँकी नै छ । निर्वाचन आयोग यथाशीघ्र मत गणनालाई अगाडि बढाउन लागिपरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर