प्रारम्भमा नै माधव नेपाल पाँचौ स्थानमा

काठमाडौं ।  नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपाल प्रारम्भिक मतगणनामा पछाडि परेका छन्। फागुन २१ गते भएको निर्वाचनमा पूर्वप्रधानमन्त्री समेत रहेका नेपाल रौतहट-१ बाट प्रतिस्पर्धामा थिए।

प्रारम्भिक मतगणनामा उनी पाँचौं स्थानमा छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का राजेशकुमार चौधरीले ७ सय ६ मत प्राप्त गर्दै अग्रता लिइरहेका छन्। जसपा नेपालका योगेन्द्रराय यादवले ५ सय ६७ मत प्राप्त गरेका छन्। नेपाली कांग्रेसका अनिल झाले ३१२ मत प्राप्त गरेका छन्। नेकपा एमालेका अजयकुमार गुप्ताले २८८ मत प्राप्त गरेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर