रास्वपा एक स्थानमा विजयीसँगै ४७ स्थानमा अगाडि

काठमाडौं ।  प्रतिनिधिसभा सदस्यको बिहीबार भएको निर्वाचनको पछिल्लो मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले एक स्थानमा जित हासिल गरेको छ भने ४७ स्थानमा अगाडि रहेको छ ।

रास्वपा काडमाडौँ १ मा विजयी भएको हो । काठमाडौँ १ मा रञ्जु न्यौपाने दर्शना विजयी भएकी छन् ।  नेपाली कांग्रेस ६, नेकपा एमाले ४ र नेपाली कम्युनिष्ट पार्टी २ स्थानमा अगाडि रहेको निर्वाचन आयोगले जनाएको छ । श्रम संस्कृति १ र राप्रपा १ स्थानमा अगाडि रहेको छ ।

यो जित देश र परिवर्तन पक्षको जित : रञ्जु

विजयी भएपछि सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै रञ्जुले यो जितलाई देश र परिवर्तन पक्षको जितका रूपमा व्याख्या गरेकी छिन्। उनले ‘घण्टी’ चुनाव चिह्नमा मतदान गर्ने सम्पूर्ण मतदाता तथा शुभकामना दिने शुभेच्छुक र साथीहरू प्रति हार्दिक आभार एवं नमन प्रकट गरेकी छिन्। उनले आफ्नो विजयलाई जनताको परिवर्तनप्रतिको चाहनाको परिणाम भएको बताएकी छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर