काठमाडौं-१ मा रास्वपाकी रञ्जु दर्शना विजय नजिक

काठमाडौं ।  काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार रञ्जु दर्शना विजयी नजिक पुगेकी छन् । मुख्य निर्वाचन अधिकृत चुरामन खड्काले दिएको शुक्रबार बिहान पौने ८ बजेसम्मको जानकारी अनुसार, कुल २० हजार ४८८ मत गणना हुँदा रञ्जु दर्शनाले १० हजार ५८१ मत प्राप्त गरे । यो मत कुल गणना भएको मतको करिब ५१ प्रतिशत हुन आउँछ । दर्शनालाई चुनाव प्रचारकै क्रममा पत्र लाभ भएको थियो ।

दर्शनाका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार प्रबल थापाले ४ हजार ७३३ मत प्राप्त गरेका हुन् । अहिलेको अवस्थामा दर्शना र थापाबीचको मतान्तर ५ हजार ८४८ पुगेको छ । त्यस्तै , राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता रवीन्द्र मिश्र २ हजार ७४४ मतका साथ तेस्रो स्थानमा रहे ।  एमालेका उम्मेदवार मोहन रेग्मीले हालसम्म मात्र ८६५ मत जोड्न सकेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर