देशभर करिब ६० प्रतिशत मतदान : निर्वाचन आयोग
काठमाडौं । निर्वाचन आयोगले हिजो भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा करिब ६० प्रतिशत मत खसेको बताएको छ । आयोगले पत्रकार सम्मेलनमार्फत करिव ६० प्रतिशत मत खसेको जानकारी गराएको हो ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मतदान सम्पन्न भएलगत्तै पत्रकार सम्मेलन गरी प्रारम्भिक आँकडाका बारेमा जानकारी गराउनुभएको हो ।
प्रतिक्रिया
