सिंहदरबारमा राष्ट्रिय सुरक्षा परिषद्को बैठक
काठमाडौं । राष्ट्रिय सुरक्षा परिषद्को बैठक सिंहदरबारमा बसेको छ। प्रतिनिधिसभाको निर्वाचनको अघिल्लो दिन परिषदका अध्यक्ष एवम् प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षमा राष्ट्रिय सुरक्षा परिषदको बैठक बसेको हो।
बैठकमा देशको समसामयिक अवस्था, निर्वाचन तयारी, शान्ति सुरक्षा लगायतका विषयमा छलफल भइरहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ। यसअघि निर्वाचनलाई लिएर केन्द्रीय सुरक्षा समितिको बैठक बसेको थियो।
गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा गृह मन्त्रालयमा बसेको बैठकमा प्रतिनिधि सभाको निर्वाचनको तयारी र सुरक्षा सतर्कताकाबारे छलफल भएको बताइएको छ।
प्रतिक्रिया
