मत गन्न सुरु गरिएको २४ घण्टामा नतिजा प्रकाशित गरिने
काठमाडौं । मत गन्न सुरु भएको २४ घण्टामा मतगणना सम्पन्न गर्ने तयारी भइरहेको कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बताएका छन्।
निर्वाचनको तयारीबारे जानकारी दिन बुधबार निर्वाचन आयोगले गरेको पत्रकार सम्मेलनमा भण्डारीले जति सक्दो छिटो मतगणना सक्ने तयारी गरिएको बताए। ‘प्रत्यक्षतर्फ मत गणना सुरु भएको २४ घण्टाभित्र मतपरिणाम प्रकाशित गरिसक्नेछौँ’, भण्डारीले भने।
उनले प्रत्यक्षतर्फको सँगसँगै समानुपातिकतर्फको मतमणना पनि गर्ने तयारी भइरहेको जानकारी दिए। समानुपातिकतर्फको मत परिणाम पनि विगतभन्दा ढिलो हुने उनको भनाइ छ।
प्रतिक्रिया
