इजरायली आक्रमणबाट इरानमा ७८७ जनाको मृत्यु

काठमाडौं ।  इजरायलले इरानी राष्ट्रपतिको कार्यालयलगायतका प्रमुख अड्डाहरुमा भीषण आक्रमण गरेको छ । इरानको राजधानी तेहरानस्थित राष्ट्रपति भवन र सरकारी उच्च पदस्थ अधिकारीहरुको कार्यालयमाथि गरिएको आक्रमणमा ठूलो जनधनको क्षति भएको बिबीसीले उल्लेख गरेको छ ।

इजरायलले तेहरानका प्राय: सबै क्षेत्रमा पालैपालो मिसाएल आक्रमण गरेको पनि बिबीसीले जनाएको छ । इरानको आणविक केन्द्र तेहरानस्थित नतांजमा पनि इजरायली आक्रमणले क्षति पुगेको समाचारमा उल्लेख  छ।

गत शनिवारदेखि अमेरिका र इजरायलले संयुक्त रुपमा इरानमाथि गरेको आक्रमणमा हालसम्म मृत्यु हुनेको संख्या ७८७ पुगेको छ । इरानले प्रत्याक्रमणस्वरुप मध्यपूर्वी देशहरु कतार, कुवेत, साउदी अरब र बहराइनमा मिसाएल आक्रमण गरेको थियो । पछिल्लो पटक साउदी अरबको रियादस्थित अमेरिकी दूतावासमा इरानले ड्रोन हमला गरेको छ ।

अमेरिका र इजरायलले गरेको संयुक्त आक्रमणमा इरानी सर्बोच्च नेता आयतुल्लाह अलि खामेनीको मृत्यु भइसकेको छ भने इरानमा नयाँ नेता चयनको प्रकृया अघि बढेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर