भक्तपुरमा हतियारसहित एक जना पक्राउ

भक्तपुर। सशस्त्र प्रहरी बल इन्टेलिजेन्ट ब्यूरोको टोलीले सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश बस्तीबाट हतियारसहित एक जना पक्राउ परेका छन् । भक्तपुर जिल्ला प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक प्रकाश जबेगका अनुसार गोरखा पालुङटार नगरपालिका–९ का स्थायी बासिन्दा हाल सूर्यविनायक नगरपालिका–८ भुम्डोलमा बसोबास गर्र्दै आएका ३१ वर्षीय  आयन सेढाईलाई पक्राउ गरिएको हो ।
निजबाट सेल्फ लोडेड राइफल, इन्सास एक थान, त्यसमा प्रयोग हुने चार राउन्ड गोली पनि बरामद गरिएको छ । सादा पोसाकमा खटिएको प्रहरीले छापा मारेर रबरको गोली एक राउन्ड, सटगनमा प्रयोग हुने गोली एक राउन्ड, एउटा खुकुरी र बञ्चरो पनि बरामद गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर