धनुषा-१ मा रास्वपाको उम्मेदवारी खारेज

काठमाडौं । निर्वाचन आयोगले रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज गरेको छ । धनुषा क्षेत्र नम्बर १ का उम्मेदवार साहको उम्मेदवारी बैंक तथा वित्तीय संस्थाको कालोसूचीमा रहेको प्रमाण पुगेपछि खारेज गरिएको आयोगले जनाएको छ ।

कर्जा सूचना केन्द्रको अद्यावधिक विवरण अनुसार, कमल निर्माण सेवा प्रालिका शेयरधनी रहेका किशोरी साह २०८० सालमा कालोसूचीमा रहेको देखिएको छ । साथै, विभिन्न मितिमा उनको नाम एकल तथा संयुक्त रूपमा समेत चेक बाउन्ससम्बन्धी कालोसूचीमा परेको विवरणमा उल्लेख रहेको पाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर